अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा



काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले ८.४२ प्रतिशत लाभांश दिन लागेकामा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु