विश्वका १० सबैभन्दा धेरै कमाउने फुटबलर: रोनाल्डो दोस्रो, मेस्सी तेस्रो



एजेन्सी । अहिले विश्वकपक फुटबलको सरगर्मी चढेको छ । ३२ राष्ट्र सहभागी विश्वकप फुटबल कतारमा सञ्चालन भइरहेको छ।

लिग चरणका खेलहरु अन्त्यतिर पुग्दै लाग्दा आगामी दिन विश्वकप थप रोचक हुने छ ।

नकआउट चरण पार गरेर विश्वकप विजेता तय हुनेबेलासम्म कतिपय खेलाडी चर्चामा रहने छन् । आफ्नो खेल कौशल देखाउन सक्ने खेलाडीहरु आगामी दिनमा विश्व फुटबलमा नाम कहलाएका फुटबल क्लबहरुमा आवद्ध हुन सक्ने सम्भावना रहन्छ । हुन त अहिले व्यवसायिक फुटबल खेलिरहेका धेरै खेलाडीले विश्वकपमा खेलिरहेका छन् ।

संसारभर नै व्यवसायिक फुटबल खेल्ने खेलाडीहरु सबैभन्दा धेरै आम्दानी गर्नेहरुमध्येमा पर्छन् । व्यवसायिक फुटबल अहिले निकै आकर्षक व्यवसायको रुपमा छ । र, विश्वभरमा म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, पिएसजी र लिभरपुलजस्ता क्लबहरुमा खेल्ने खेलाडीहर सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीहरुमध्येमा पर्छन् ।

फुटबलमा विभिन्न क्षेत्रका अर्बपति, अन्तर्राष्ट्रिय कम्पनी र गल्फ देशका धनी व्यक्तिहरुले पनि पछिल्ला वर्षहरुमा रुची राख्दै कतिपय क्लबहरुमा आफ्नो लगानी गरेका छन् । यसकारण पनि फुटबल खेल्ने खेलाडीहरुको कमाइ निकै शीर्ष स्थानमा देखिन्छ ।

खेल खेल्नका लागि आवद्ध क्लबबाट हुने आम्दानीबाहेक यस्ता खेलाडीहरुले विभिन्न विज्ञापनहरुमार्फत पनि आम्दानी गरिरहेका हुन्छन् । कतिपय अवस्थामा त उनीहरुलाई क्लबले दिने पारिश्रमिककै हाराहारीमा यस्ता विज्ञापनहरुबाट पनि आम्दानी हुन्छ ।

अहिले कतारमा भइरहेको विश्वकपको सन्दर्भमा संसारका विभिन्न क्लबहरुमा आवद्ध रहेर उत्कृष्ट पारिश्रमिक पाइरहेका खेलाडीहरुको बारेमा कुरा गर्दैछौं ।

१०. एन्टोइनी ग्रिइजम्यान्न२७.५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ५४ करोड नेपाली रुपैयाँ)

इन्टोइनी ग्रिजम्यान फ्रान्सका फुटबल खेलाडी हुन् र उनी क्लब फुटबल बार्सिलोनाबाट खेल्ने गर्छन् । उनी २०१९ देखि २०२३ सम्मका लागि बार्सिलोनासँग आवद्ध भएका थिए । २०२१ बाट उनी बार्सिलोनाबाट लोनमा एट्लेटिको मड्रिडमा खेलिरहेका छन् । ग्रिजम्यानलाई अहिले २२ मिलियन अमेरिकी डलर क्लबले पारिश्रमिकका रुपमा दिइरहेको छ भने ५.५ मिलियन अमेरिकी डलर विभिन्न ब्राण्डहरुमार्फत उनले पाइरहेका छन् ।

९. केभिन डि ब्रुइन२९ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ७४ करोड नेपाली रुपैयाँ)

पछिल्ला पाँच सिजनबाट डि ब्रुइन निकै राम्रो खेलाडीका रुपमा परिचित छन् । बेल्जियमका उनी अहिले म्यानचेस्टर सिटीबाट खेल्ने गरेका उनी हाल २९ मिलियन अमेरिकी डलर आम्दानी गर्छन् । जसमध्ये २५.५ मिलियन अमेरिकी डलर उनले क्लबबाट पारिश्रमिकका रुपमा पाउँछन् भने ३.५ मिलियन अमेरिकी डलर विभिन्न ब्राण्डहरुमार्फत् पाइरहेका छन् ।

८. रहिम स्टर्लिङ२९.४ मिलियन अमेरिकी डलर (३ अर्ब ७९ करोड नेपाली रुपैयाँ)

जमैकामा जन्मिएका उनी परिवारसहित बेलायत बस्न थाले र हाल उनी बेलायतको राष्ट्रिय टोलीबाट खेल्छन् । स्टरलिङ अहिले चेल्सीबाट खेलिरहेका छन् । उनलाई हाल क्लबले २१.४ मिलियन अमेरिकी डलर क्लबबाट पारिश्रमिक पाइरहेका छन् भने ८ मिलियन विभिन्न ब्राण्डहरुको विज्ञापनबाट आम्दानी गर्छन् । उनको कुल आम्दानी २९.४ मिलियन अमेरिकी डलर रहेको छ ।

. आन्द्रेस इनिएस्टा३० मिलियन अमेरिकी डलर (३ अर्ब ८७ करोड नेपाली रुपैयाँ)

सन् २०१० मा स्पेनलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलाेका इनिएस्टाले हाल ३० मिलियन अमेरिकी डलर आम्दानी गछन् । जसमध्ये उनी आवद्ध जापानी फुटबल क्लब भिसेल कोवेले उनलाई २३ मिलियन अमेरिकी डलर पारिश्रमिक दिन्छ भने ७ मिलियन डलर उनले विभिन्न ब्राण्डहरुसँग गरेको कामबाट पाउँछन् । उनलाई जापानका चर्चित र ठूला निसान, एसिस र कोनामीजस्ता ब्राण्डहरुले विज्ञापनका लागि लिने गर्छन् ।

. इडेन हाजार्ड३१.१ मिलियन अमेरिकी डलर (४ अर्ब १४ करोड नेपाली रुपैयाँ)

बेल्जियमका हाजार्ड स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्छन् । हेजार्डलाई क्लबले अहिले २८.६ मिलियन अमेरिकी डलर पारिश्रमिकका रुपमा दिने गर्छ । सँगै उनले २.५ मिलियन अमेरिकी डलर विभिन्न ब्राण्डसँगको कामबाट आम्दानी गर्ने गरेका छन् ।

५. मोहम्मद सलाह ३९.५ मिलियन अमेरिकी डलर (५ अर्ब ९८ करोड नेपाली रुपैयाँ)

इजिप्ट मुल थलो भएका सलाह क्लबअन्तर्गत भने लिभरपुलसँग आवद्ध छन् । सन् २०२२ अगष्टमा लिभरपुलसँग आवद्ध भएका उनी अहिले क्लबबाट ३९.५ मिलियन अमेरिकी डलर पारिश्रमिकका रुपमा पाइरहेका छन् । त्यस्तै उनले विभिन्न ब्राण्डसँग गरेको कामवापत १५ मिलियन अमेरिकी डलर आम्दानी गर्ने गरेका छन् ।

४. नेयमार९१ मिलियन अमेरिकी डलर (११ अर्ब ७४ करोड नेपाली रुपैयाँ)

नेयमार देश र क्लब दुवैतर्फबाट चर्चित खेलाडी हुन् । ब्राजिलका उनी क्लब फुटबल पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध छन् । उनलाई क्लबले ५६ मिलियन अमेरिकी डलर पारिश्रमिकका रुपमा दिइरहेको छ भने ३५ मिलियन अमेरिकी डलरको आम्दानी उनी ब्राण्डहरुसँग गरेको कामबाट पाउँछन् ।

३. लियोनल मेस्सी११० मिलियन अमेरिकी डलर (१४ अर्ब १९ करोड नेपाली रुपैयाँ)

पछिल्ला दशक यताकै धैरै आम्दानी गर्ने मात्रै नभएर चर्चित खेलाडीको रुपमा लियोनल मेस्सी रहेका छन् । अर्जेन्टिनाका मेस्सी अहिले पेरिस क्लल पिएसजीबाट खेलिरहेका छन् । लामो समय स्पेनिस क्लब बार्सिलोनामा बिताएका उनी केही वर्ष अघि पिएसजी पुगेका थिए । उनलाई क्लबले ६२ मिलियन अमेरिकी डलर पारिश्रमिकका रुपमा दिने गरेको छ । त्यस्तै, विभिन्न ब्राण्डसँग गरेको कामवापत उनी ४८ मिलियन अमेरिकी डलर आम्दानी गर्छन् ।

२. क्रिस्टियानो रोनाल्डो११३ मिलियन अमेरिकी डलर (१४ अर्ब ५८ करोड नेपाली रुपैयाँ)

रोनाल्डो संसारमै सबैभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएका खेलाडी हुन् । उनको खेल र जीवन दुवैका समर्थनहरु संसारभर करोडौंको संख्यामा छन् । र केही समयसम्म उनी पनि संसारमा सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी थिए । अहिले उनी दोस्रो स्थानमा छन् ।

म्यानचेस्टर युनाइडेट क्लबबाट खेल्ने उनलाई क्लबले ५३ मिलियन अमेरिकी डलर पारिश्रमिक दिन्छ भने उनले ब्राण्डसँग गरेको कामबाट ६० मिलियन अमेरिकी डलर आम्दानी गर्छन् । तर,उनले विश्वकप अघिमात्र युनाइटेड छाडेका छन् र उनी फ्रि ट्रान्सफरमा जानका लागि क्लबको छनोट गरिरहेका छन् ।

१. केलिन एम्बापे१२५ मिलियन अमेरिकी डलर (२९ अर्ब ४१ करोड नेपाली रुपैयाँ)

एक दशकभन्दा लामो समयदेखि संसारका सबैभन्दा धेरै कमाई गर्नेहरु खेलाडीका रुपमा रहेका मेस्सी र रोनाल्डोलाई पछि पार्दै सूचीको पहिलो स्थानमा एम्बापे छन् ।

फ्रान्सेली मुलका २३ वर्षीय यी खेलाडी मेस्सी खेल्ने क्लब पीएसजीबाट खेल्ने गर्छन् । उनले मासिक रुपमा १०५ मिलियन अमेरिकी डलर क्लबबाट पारिश्रमिकका रुपमा पाउँछन् भने २० मिलियन अमेरिकी डलर ब्राण्डसँग गरेको कामहरु वापत पाउने गर्छन् ।


क्लिकमान्डु