निजी क्षेत्र र अर्थशास्त्रीलाई अर्थमन्त्रीको प्रश्न: नेपालको अर्थतन्त्र कसरी संकटमा छ ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताएका छन् ।

उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे । निजी क्षेत्र र अर्थशास्त्रीलाई उनले देशको अर्थतन्त्र कसरी संकटमा परको छ भन्दै प्रश्न गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै यसो भन्न गरेको उनले बताए । उनले क्षमता नबढ्नु संकट भएको भन्दै अबको दिनमा सरकारको क्षमता बढाउने र अन्य निकायको पनि क्षमता बढ्न आवश्यक रहेको बताए ।

नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ ।

अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

‘हिजोभन्दा आज अर्थतन्त्र सुधारको बाटोमा रहेको छ’ शर्माले भने ।

खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका कारण यता ध्यान दिन नसकेको बताए । अब प्रविधिको प्रयोग गरेर कम गर्ने उनले बताए ।

नेपालको व्यापार घाटा कम गर्न पानीको सदुपयोग गरेर ईन्धन आयात रोक्नु पर्ने उनले बताए । युवालाई प्रविधी क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्धिमा जाने उनको भनाइ छ ।

पूर्वाधारमा लगानी बढाउन सकिए जुम्ला १२ घन्टामा र चितवन १ घन्टामा पुग्नसकिने उनको भनाइ छ ।


क्लिकमान्डु