एकीकृत समाजवादी राष्ट्रिय दल बन्नेतर्फ अग्रसर, कति पायो मत ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाअन्तर्गत समानुपातिकको मतगणना जारी हरेको छ ।

अहिलेसम्म मतगणनामा प्राप्त मतका आधारमा ७ वटा पार्टी राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ भने नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्नेतर्फ अग्रसर भएको छ ।

१ करोड १ लाख ७१ हजार ३६३ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख ९० हजार १९६ मत पाएको छ । अब करिब ६ लाख मतगणना हुन बाँकी रहँदा नेकपा एस राष्ट्रिय दल बन्नेतर्फ अग्रसर भएको हो ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ । कानूनअनुसार प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनु पर्छ ।

अहिलेसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता लिइरहेको छ । एमालेले २७ लाख २० हजार ६९२ मत पाएको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ २५ लाख ६५ हजार १११ मत पाएको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले ११ लाख ५३ हजार ४५७ मत पाएको छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले ११ लाख ४ हजार २४५ मत पाएको छ ।

राप्रपाले ५ लाख ७९ हजार २७८ मत पाउँदा जनता समाजवादीले ४ लाख ८ हजार ९६४ र जनमत पार्टीले ३ लाख ७६ हजार १९९ मत पाएको छ ।


क्लिकमान्डु