समानुपातिक मतगणना: एमाले र कांग्रेसबीच १ लाख ४२ हजार मतको अन्तर, एकीकृत समाजवादीले कति पायो ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ । १ करोड १२ हजार ४७ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायम राखिरहेको छ ।

एमालेले २६ हजार ९७ हजार ६६४ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ ।

पहिलो स्थानको एमाले र दोस्रो स्थानको कांग्रेसबीच १ लाख ४२ हजार ५०५ मतको फरक रहेको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले ११ लाख ४१ हजार २७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७७ हजार ७८९ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ३०४ मत पाउदा जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ५९९ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ५४ हजार ३८५ मत पाएको छ भने एकीकृत समाजवादीले २ लाख ८२ हजार १८९ मत पाएको छ ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टी राष्ट्रिय दल बनेको छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी संघर्षरत छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ ।

कानून अनुसार प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनु पर्छ । राष्ट्रिय दल बन्नका लागि करिब ३ लाख ३० हजार मत समानुपातिकतर्फ ल्याउनु पर्ने देखिन्छ । तर कति मत बदर भयो भन्नेबारे आयोगले अहिले केही उल्लेख गरेको छैन ।


क्लिकमान्डु