समानुपातिकको १ करोड मत गणना सकियो, एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ला ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहेको छ ।
बुधबार बिहान ९ बजेसम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विविरण अनुसार १ करोड ८ हजार ३०२ मतको गणना भएको छ ।

आयोगका अनुसार जारी मतगणनामा नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत पाउँदा दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २५ लाख ५३ हजार ९४ मत पाएको छ ।

माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत पाएको छ ।
राप्रपाले ५ लाख ७० हजार ६५४ मत पाएको छ भने जसपाले ३ लाख ८९ हजार १९७ मत पाएको छ ।

त्यस्तै पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत पाएको छ भने माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २ लाख ८२ हजार २६२ मत पाएको छ ।

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ । आयोगले निर्वाचनमा ६१ प्रतिशत मत खसेको जनाएको छ ।


क्लिकमान्डु