केपी ओलीलाई मेयर बालेनको प्रश्नः २ पटक प्रधानमन्त्री हुँदा सुकुम्वासीकाे समस्या किन समाधान नगरेको ?



काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोहोरी चलेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई शाहले सामाजिक सन्जाल मार्फत कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न’ चेतावनी दिएका छन् । ओलीले सुकुम्वासी वस्तीमा महानगरले तमासा गरेको अभिव्यक्ति दिएपछि शाहले यस्तो चेतावनी दिएका हुन् ।

ओलीले सुकुम्वासी समस्या समाधान आयोग गठन भएर काम थालिसकेकाले महानगरले नदी छेउमा बसेकाहरुलाई हटाउन डोजर लिएर जानु उचित नभएको अभिव्यक्ति दिएका थिए ।

शाहले ओली २ पटक प्रधानमन्त्री हुँदा समेत सुकुम्वासी समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् ।
महानगरले थापाथली स्थित सुकुम्वासी वस्ती हटाउन सोमबार डोजर चलाउन खोज्दा स्थानीयको आक्रमणमा परेर ३४ जना महानगर प्रहरी घाइते भएका छन् ।

२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न नसकेको मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुँदा पनि सुकुम्वासीले भोगेको ३२ वटा जाडो ओलीले नदेखेको शाहको तर्क छ । शाहले ओलीलाई सुकुम्वासीलाई भोट बैंकको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।


क्लिकमान्डु