पहिलो पटक निर्वाचन लडेको जनमत राष्ट्रिय पार्टी बन्दै, नेकपा एस ६० हजार भोट कटाएर बन्ला राष्ट्रिय दल ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ । मंगलबार बिहान साढे ११ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार ९६ लाख ७० हजार ८८३ मत गणना भएको छ ।

मतगणना अनुसार नेकपा एमाले पहिलो पार्टी रहेको छ । एमालेले २६ लाख ०७ हजार ४२७ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ कत पाउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७७५७ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७७३ मत पाएको छ ।

कानूनी व्यवस्था अनुसार प्रत्यक्षमा कम्तिमा १ निर्वाचन क्षेत्र र समानुपातिकमा न्यूनतम ३ प्रतिशत मत कटाउने दल राष्ट्रिय पार्टी बन्न सक्छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुका निर्वाचित सांसदहरु स्वतन्त्र सांसदको रुपमा रहने व्यवस्था छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ । राष्ट्रिय दल बन्नका लागि करिब ३ लाख ३० हजार मत समानुपातिकतर्फ ल्याउनु पर्ने देखिन्छ ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टी राष्ट्रिय दल बन्ने देखिएको छ । हालसम्म उसले ३ लाख १६ हजार ६५३ पाएको छ । अब गणना हुन बाँकी करिब १३ लाख मतमा १४ हजार मत प्राप्त गर्न सके जनमत पार्टी राष्ट्रिय दल बन्ने छ ।

जनमत पार्टीले समानुपातिकमा सबैभन्दा धरै मधेश प्रदेशबाट २ लाख २२ हजार ६५९ मत पाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशबाट ७१ हजार ८९७, प्रदेश नम्बर १ बाट १४ हजार ८०१, बागमती प्रदेशबाट ४ हजार १८७, गण्डकीबाट १ हजार ८०९, कर्णाली प्रदेशबाट ३९१, सुदूरपश्चिम प्रदेशबाट ९०९ मत पाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न संघर्षरत छ । अहिलेसम्मको मतगणनामा एकीकृत समाजवादीले २ लाख ६८ हजार ४७९ मत पाएको छ ।

तर, एकीकृत समाजवादीले पछिल्लो समय प्राप्त गरिरहेको मतलाई आधार मान्दा राष्ट्रिय दल बन्नका लागि आवश्यक मत पाउने सम्भावना न्यून देखिएको छ । समाजवादीले राष्ट्रिय दल बन्नका लागि अब गणना हुन बाँकी करिब १३ लाख मतमा ६० हजार भन्दा बढी मत ल्याउनु पर्छ ।


क्लिकमान्डु