समानुपातिकमा फेरि घण्टीलाई माओवादीले उछिन्यो, एसभन्दा जनमत पार्टी अगाडि



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रदेशको प्रत्यक्षतर्फको गणना अन्तिम चरणमा पुग्दा समानुपातिकको मत गणना जारी रहेको छ ।

सोमबार दिउँसो साढे २ बजेसम्मको निर्वाचन आयोगको विवरण अनुसार ९३ लाख ३० हजार ३८० मत गणना भएको छ । जसमा नेकपा एमालेले अग्रता लिइरहेको छ । एमालेले २५ लाख ३९ हजार ५८६ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३ हजार ६३६ मत पाएको छ । हिजो तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा माओवादी केन्द्र पुन: तेस्रो स्थानमा उक्लिएको छ ।

माओवादीले १० लाख ६८ हजार ५०३ मत पाउँदा रास्वपाले १० लाख ६४ हजार २०५ मत पाएको छ । पाँचौ स्थानमा राप्रपा रहेको छ । उसले ५ लाख ४५ हजार ७५८ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ३ लाख ३० हजार ३३४ मत पाउँदा जनमत पार्टीले २ लाख ६६ हजार ११५ मत पाएको छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख ५३ हजार ३७० मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६४ मत पाएको छ ।


क्लिकमान्डु