दोलखामा रद्द भएका मतदान केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय



दोलखा । दोलखामा रद्द गरिएका मतदान केन्द्रहरूमा मंसिर १५ गते पुन: निर्वाचन हुने भएको छ।

सोमबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आइतबार रद्द गरिएका केन्द्रमा मंसिर १५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो । अध्ययनपछि आयोगले विवादित केन्द्रमा पुन: मतदान गराउन भनेको थियो ।

आयोगका अनुसार बैत्यश्वर गाउँपालिकाको वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति ( क,ख) वडा नम्बर ६ (क,ख,ग), र तामाकोसी गाँउपालिकाको जामुने हेल्थपोस्ट (क,ख) केन्द्रमा पुनः मतदान हुने भएको हो ।


क्लिकमान्डु