सुनसरी १ मा घण्टीका उम्मेदवारलाई पराजित गर्दा अशोक राई विजयी



काठमाडौं । प्रतिस्पर्धात्मक बनेको सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत पाउँदा तामाङले १६ हजार ६०६ मत पाइन् । तामाङ र राई मतगणनामा अघि पछि भइरहेका थिए । तर अन्तिम परिणाममा भने राईले बाजी मारेका छन् ।

तेस्रो स्थानमा रहेका माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।


क्लिकमान्डु