समानुपातिकमा एमालेले २४ लाख कटायो, एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ला ?



काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।

आइतबार अपराह्न साढे ३ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमाले पहिलो दल रहेको छ ।

८७ लाख ७४ हजार ६६१ मत गणना हुँदा एमालेले २४ लाख १३ हजार २२२ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ उसले २२ लाख ९४ हजार ९८३ मत पाएको छ ।

माओवादी केन्द्र १० लाख ५ हजार ६७९ मतसहति तेस्रो रहेको छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले ९ लाख ८३ हजार ५२२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार ९११ मत पाएको छ । जसपाले ३ लाख ४४९ मत पाउँदा एकीकृत समाजवादीले २ लाख ३५ हजार ३७५ मत पाएको छ ।

जनमत पार्टी २ लाख ३४ हजार र नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार मत पाएका छन् । राष्ट्रिय पार्टी बन्नका लागि कूल सदर मतको ३ प्रतिशत कटाउनु पर्नेछ ।


क्लिकमान्डु