यी हुन् कांग्रेसबाट विजयी ५३ सांसद, को-कहाँ ? (सूचीसहित)



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १५६ स्थानको नतिजा सार्वजनिक भएको छ र ६ स्थानमा मतगणना जारी रहेको छ । तीन स्थानमा विवादका कारण मतगणना हुन सकिरहेको छैन ।

मतपरिणाम अनुसार सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले ५३ स्थानमा जित हात पारेको छ र तीन स्थानमा अग्रता कायम गरिरहेको छ ।

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले ४१ स्थानमा जित हात पार्दा २ स्थानमा अग्रता काय गरेको छ ।

यी हुन् कांग्रेसबाट विजयी ५३ सांसद

डडेलधुरा–१: शेरबहादुर देउवा
काठमाडौं–१: प्रकाशमान सिंह
काठमाडौं–३: सन्तोष चालिसे
काठमाडौं–४: गगनकुमार थापा
काठमाडौं–५: प्रदिप पौडेल
काठमाडौं–१०: राजेन्द्रकुमार केसी
नवलपुर–१: शशांक कोइराला
झापा–१: विश्वप्रकाश शर्मा
तनहुँ–१: रामचन्द्र पौडेल
तनहुँ–२: शंकर भण्डारी
दार्चुला–१: दिलेन्द्रप्रसाद बडू
मुस्ताङ–१: योगेश गौचन थकाली
कैलाली–४: विरबहादुर बलायर
कैलाली–५: डिल्लीराज पन्त
म्याग्दी–१: खमबहादुर गर्बुजा
सिन्धुली–१: श्यामकुमार घिमिरे
सिन्धुपाल्चोक–२: मोहनबहादुर बस्नेत
रसुवा–१: मोहन आचार्य
कञ्चनपुर–२: एनपी साउद
कञ्चनपुर–३: रमेश लेखक
बाँके–३: किशोर सिह राठोर
धादिङ–२: रामनाथ अधिकारी
रौतहट–४: देवप्रसाद तिमलसेना
गोरखा–१: राजेन्द्र बजगाई
ओखलढुङ्गा–१: रामहरि खतिवडा
मनाङ–१: टेकबहादुर गुरुङ
मोरङ–६: डा शेखर कोइराला
भक्तपुर–२: दुर्लभ थापा क्षेत्री
ललितपुर–१: उदयशम्शेर ज.ब.राणा
दैलेख–२: दिक्पालकुमार शाहि
सुर्खेत–१: पूर्णबहादुर खड्का
सुर्खेत–२: हृदयराम थानी
अछाम–२: पुष्पबहादुर शाह
पर्सा–२: अजयकुमार चौरासिया
पर्सा–४: रमेश रिजाल
नवलपुर–२: विष्णुकुमार कार्की
रामेछाप–१: पूर्णबहादुर तामाङ
दाङ–३: दिपक गिरी
गुल्मी–१: चन्द्रकान्त भण्डारी
बर्दिया–१: सञ्जयकुमार गौतम
धनुषा–२: रामकृष्ण यादव
नुवाकोट–२: अर्जुन नरसिंह केसी
संखुवासभा–१: दिपक खड्का
तेह्रथुम:१– सिता गुरुङ
मुगु–१: ऐनबहादुर शाही ठकुरी
मोरङ–१: डिगबहादुर लिम्बु
मोरङ–३: शुनिलकुमार शर्मा
सप्तरी–३: दिनेशकुमार यादव
कपिलवस्तु–२: सुरेन्द्रराज आचार्य
स्याङ्जा–१: राजु थापा
सप्तरी–४: तेजुलाल चौधरी
महोत्तरी–४: महेन्द्रकुमार राय
अछाम–२: पुष्पकुमार राय


क्लिकमान्डु