नेकपा माओवादी केन्द्रले कहाँ कहाँ जित्यो ? (सूचीसहित)



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणन अन्तिम चरणमा पुगेको छ । हालसम्म मतगणना सकिएका क्षेत्रहरुमध्ये नेकपा माओवादी केन्द्रले १७ वटा क्षेत्रमा जित निकालेको छ ।

१६५ निर्वाचन क्षेत्रमध्ये १५६ क्षेत्रको परिणाम आएको छ । अब ६ स्थानको नजिता आउन बाँकी रहेको छ । ती स्थानमा माओवादीको अग्रता र निकटतम प्रतिस्पर्धा रहेको छैन ।

यी हुन् माओवादीबाट विजयी १७ सांसद

गोरखा–२: पुष्पकमल दाहाल (प्रचण्ड)
खोटाङ: राजकुमार राई
भोजपुर: सुदन किराती
मोरङ–४: अमनलाल मोदी
सर्लाही–महिन्द्र राय यादव
काभ्रेपलाञ्चोक: सूर्यमान तामाङ (दोङ)
नुवाकोट–१: हितबहादुर तामाङ
सिन्धुपाल्चोक–१: माधव सापकोटा
सिन्धुली–२: लेखनाथ दाहाल
वाग्लुङ–२: देवेन्दै पौडेल
दाङ–२: रेखा शर्मा
रुकुम पूर्व: पूर्णबहादुर घर्ती मगर
रोल्पा: वर्षमान पुन
कालिकोट: महेन्द्र बहादुर शाही
जाजरकोट: शक्तिबहादुर बस्नेत
रुकुम पश्चिम: जनार्दन शर्मा
हुम्ला: छिरिङ डम्डुल लामा (भोटे)


क्लिकमान्डु