यी हुन् प्रतिनिधि सभामा एमालेले जितेको ४१ सिट (सूचीसहित)



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १५६ स्थानको नतिजा सार्वजनिक भएको छ र ६ स्थानमा मतगणना जारी रहेको छ । तीन स्थानमा विवादका कारण मतगणना हुन सकिरहेको छैन ।

मतपरिणाम अनुसार सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले ५३ स्थानमा जित हात पारेको छ र तीन स्थानमा अग्रता कायम गरिरहेको छ ।

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले ४१ स्थानमा जित हात पार्दा २ स्थानमा अग्रता काय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जित निकाल्दा एमालेका बहुमत पदाधिकारीहरु पराजित भएका छन् ।

यी हुन् एमालेले जितेको ४१ सिट

इलाम–२: सुवास चन्द्र नेम्वाङ
झापा–२: देवराज घिमिरे
झापा–४: लालप्रसाद (एलपी) साँवा लिम्बू
झापा–५: केपी शर्मा ओली
उदयपुर–२: अम्बरबहादुर रायामाझी
ताप्लेजुङ: योगेशकुमार भट्टराई
धनकुटा–राजेन्द्रकुमार राई
पाँचथर–बसन्तकुमार नेम्वाङ
मोरङ–२: ऋषिकेश पोखरेल
सुनसरी–२: भीमप्रसाद आचार्य
सोलुखुम्बु: मानबीर राई
धनुषा–३: जुलीकुमारी महतो (महासेठ)
पर्सा–३: रामकुमार गुप्ता
बारा–१: अच्युतप्रसाद मैनाली
बारा–३: ज्वालाकुमारी साह
महोत्तरी–१: लक्ष्मी महतो कोइरी
सर्लाही–३: हरिप्रसाद उप्रेती
सिरहा–१: रामशंकर यादव
सिरहा–३: लिलानाथ श्रेष्ठ
काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
काभ्रेपलाञ्चोक–२: गोकुलप्रसाद बाँस्कोटा
मकवानपुर–२: महेशकुमार बर्तौला
ललितपुर–२: प्रेमबहादुर महर्जन
कास्की–१: मनबहादुर गुरुङ
कास्की–२: विद्या भट्टराई
कास्की–३: दामोदर पौडेल वैरागी
पर्वत: पदम गिरी
लमजुङ: पृथ्वी सुब्बा गुरुङ
अर्घाखाँची: टोपबहादुर रायामाझी
कपिलवस्तु–१: बलराम अधिकारी
कपिलवस्तु–३: मंगलप्रसाद गुप्ता
गुल्मी–२: गोकर्णराज विष्ट
पाल्पा–१: नारायणप्रसाद आचार्य
पाल्पा–२: ठाकुरप्रसाद गैरे
प्युठान: सूर्यबहादुर थापा क्षेत्री
बाँके –१: सूर्यप्रसाद ढकाल
रुपन्देही–१: छविलाल विश्वकर्मा
रुपन्देही–२: विष्णुप्रसाद पौडेल
रुपन्देही–५: बासुदेव घिमिरे
कञ्चनपुर: तारा लामा तामाङ
बैतडी: दामोदर भण्डारी


क्लिकमान्डु