राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनस्थित कार्यालयमा आगलागी भएको छ ।

भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगो लागेको चितवन प्रहरीले जनाएको छ

घटनामा कार्यालयभित्र रहेका कुर्ची, झण्डा, साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाहिरबाट ताला लागेको र भित्र समान जलेको पाइएको प्रहरीको भनाइ छ ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

चितवनका दुई क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतसहित विजयी भएका छन् ।


क्लिकमान्डु