रामेछापमा प्रदेश सभाका दुबै सिटमा माओवादीको जित



काठमााडौं । रामेछाप जिल्लाको दुईवटा प्रदेशतर्फ माओवादीले जित हासिल गरेको छ ।

गठबन्धनमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका कान्छाराम (पूर्णबहादुर) तामाङ र प्रदेश सभामा दुबै जना माओवादीका उम्मेदवार थिए ।

जसमा प्रदेश ‘क’ बाट तारानारायण (बिगुल) श्रेष्ठ र प्रदेश ‘क’ मा युवराज चौंलागाई विजयी भएका छन् ।

प्रदेश ‘क’ का तारानारायण श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार १५७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रदेश ‘ख’ का युवराज चौंलागाई २२ हजार ९७९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिलनकुमार घिसिङले १८ हजार २०५ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु