१४४ स्थानको मतपरिणाम सार्वजनिक: कांग्रेस पहिलो, घण्टी पाँचौं



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

शनिबार बिहान सवा ८ बजेसम्म १६५ मध्ये १४४ प्रतिनिधि सभामा जित हारको टुंगो लागिसकेको छ । अब १८ क्षेत्रको गणनाको अन्तिम नतिजा आउन बाँकी छ ।

प्राप्त नतिजा अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ४७ ठाउँमा जित निकालेको छ । नेकपा एमालेले उसलाई पछ्याइरहेको छ । एमालेले ३८ ठाउँमा जित निकालेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १६ स्थानमा जित निकालेको छ ।

त्यसपछि अर्को दल एकीकृत समाजवादी रहेको छ । उसले १० स्थानमा जित हात पारेको छ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानामा जित हात पारेको छ भने राप्रपाले ६, जसपाले ५, लोसपाले ४, नाउपाले ३, जनमोर्चा १, जनमत पार्टी १, नेमकिपाले १ स्थानमा जित हात पारेको छ ।

बाँकी रहेको १८ स्थान मध्ये कांग्रेसले ७, एमालेले ६, माओवादीले २, रास्वपाले १, राप्रपा १ र जसपाले १ स्थानमा अग्रता बनाएका छन् ।


क्लिकमान्डु