एमालेले समानुपातिकमा १५ लाख कटायो, घण्टी-माओवादीबीच ३६ हजार भोटको अन्तर



काठमाडौं । प्रतिनिधि सभातर्फको समानुपातिकमा एमालेले १५ लाख मत कटाएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा दोस्रो भएको एमालेले समानुपातिमा भने अग्रता बनाइरहेको छ ।

१५ लाख १० हजार ९२४ मत सहित एमालेले अग्रता लिइरहेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसले
१४ लाख ३६ हजार ४३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ७४ हजार ७४४ मत पाएको छ । माओवादी केन्द्र ६ लाख ३८ हजार २७९ मत पाएको छ । त्यस्तै राप्रपा ३४ हजार ९४९ मत पाउँदा जनता समाजवादी पार्टीले १८ हजार ९३७ मत पाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी १ लाख २५ हजार ३३८ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले १ लाख २२ हजार ५३२ पाउँदा जनमत पार्टी १ लाख १६ हजार ९१ ल्याएको छ ।


क्लिकमान्डु