रुपन्देही-२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी



बुटवल । रुपन्देही-२ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जित निकालेका छन् ।

पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पारे ।

स्वतन्त्रका पौडेलले २५ हजार ७ सय ८१ मत पाए । पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो ।


क्लिकमान्डु