तेह्रथुमः फेरि अघि लागे एमालेका बिजय सुब्बा अगाडि, सीताले हार्लिन् त ?



काठमाडौं । तेह्रथुमको निर्वाचन परिणाम निकै रोचक र प्रतिस्पर्धी बन्दै गएको छ । घरी कांग्रेसकी सीता गुरुङ अघि पर्छिन् त घरी एमालेका बिजय सुब्बा ।

निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार एमालेका सुब्बा कांग्रेसकी गुरुङभन्दा १०० मतले अगाडि छन् ।

पछिल्लो परिणाम अनुसार सुब्बाले १५१०२ मत ल्याएका छन् भने गुरुङले १४९०२ मत ल्याएकी छन् ।

जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

बिजय सुब्बा एमालेबाट २०५६ सालमा सांसद निर्वाचित भएका थिए भने सीता गुरुङ पहिलोपटक सांसदको चुनाव उठेकी हुन् ।

तेह्रथुम जिल्ला एमालेको लालकिल्ला मानिन्छ । यसअघि २०१५ र २०६४ सालमा मात्रै कांग्रेसले जितेको थियो । ०६४ सालमा कांग्रेसबाट सांसदमा निर्वाचन भएका तुलसी सुब्बाले यो पटक खुलेरै कांग्रेसकी उम्मेद्वार गुरुङलाई हराउन लागेका थिए ।

म्याङलुङ र छथरमा तुलसी सुब्बाको राम्रो प्रभाव क्षेत्र मानिन्छ । जिल्लाभर करीब २ हजार जति कांग्रेसका मत उनले एमालेमा हाल्न लगाएको अनुमान गरिएको स्वयं कांग्रेसका नेता बताउँछन् ।


क्लिकमान्डु