समानुपातिकमा एमालेले १३ लाख मत कटायो, एकीकृत समाजवादीको १ लाख



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभासँग समानुपातिकको पनि मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले १३ लाख मत कटाएको छ ।

एमालेले पाँच बजेसम्म १३ लाख ५ हजार ६१५ मत पाएको छ । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १२ लाख ३३ हजार ६७२ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । उसले ६ लाख ३ हजार ६८९ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५ लाख ६० हजार ५७९ मत पाएको छ ।

चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । उसले ३लाख १२ हजार८८८ मत पाएको छ ।

त्यसपछि जनाता समाजवादी पार्टी रहेको छ । उसले १ लाख ५२ हजार ६०९ मत पाएको छ । सातौं स्थानमा एकीकृत समाजवादी रहेको छ । उसले १ लाख मत कटाएको छ । एकीकृत समाजवादीले १ लाख २ हजार ९६५ मत पाएको छ ।


क्लिकमान्डु