सिन्धुपाल्चोकमा दुवै क्षेत्र गुमाएको एमाले समानुपातिकमा पहिलो, घण्टी चौथो



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवारसहित समानुपातिक मतको गणना भइरहेको छ ।

सिन्धुपाल्चोक जिल्लामा सत्ता गठबन्धनले प्रतिनिधि सभामा शतप्रतिशत जित निकालेको छ । क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र दुईमा मोहनबहादुर बस्नेतले जितेका छन् । सापकोटाले ३० हजार ३७४ मत सहित जित निकाल्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए ।

क्षेत्र नम्बर २ मा कांग्रेसका बस्नेतले ३९ हजार ३६७ मत पाउँदा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत पाए । क्षेत्र नम्बर २ मा समानुपातिक तर्फ प्रतिनिधि सभामा अहिलेसम्मको गणना अनुसार नेकपा माओवादी केन्द्रले ११ हजार २ सय २६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ९ हजार ९७४ मत पाएको छ ।

तेस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ८ हजार २७२ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ८७० मत पाएको छ भने राप्रपाले २ हजार ७४१ मत पाउँदा एकीकृत समाजवादीले ५५७ मत पाएको छ ।

क्षेत्र नम्बर १ को समानुपातिकामा भने नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले २२ हजार २५ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेस रहेको छ । उसले १७ हजार २२५ मत पाउँदा तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले १४ हजार ८५२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ३५९ मत पाएको छ भने राप्रपाले ३ हजार ५३१ मत पाएको छ । एकीकृत समाजवादीले ६८० मत पाएको छ ।

जिल्लामा कुन पार्टीले समानुपातिकमा कति पाए?

एमाले: ३१ हजार ९९९
माओवादी: २६ हजार ७८
कांग्रेस: २५ हजार ४९७
घण्टी: ८ हजार २२९
राप्रपा: ६ हजार २७२
एकीकृत समाजवादी: १२३७


क्लिकमान्डु