समानुपातिक मतगणना: एमालेले १० लाख कटायो, तेस्रोमा घण्टी, पछिपछि माओवादी



काठमाडौं । मंसिर ४ मा सम्मन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा १६५ मध्ये १२० स्थानको नतिजा आइसकेको छ । प्रतिनिधि र प्रदेश सभासँगै समानुपातिक मतगणना पनि जारी हरेको छ ।

निर्वाचन आयोगका अनुसार ११ बजेसम्मको समानुपातिक मत गणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
एमालेले १० लाख मत कटाएको छ ।

अहिलेसम्म उसले १० लाख ४० हजार ६२४ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ९६ हजार ३१६ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले ४ लाख ९० हजार १३२ मत पाएको छ । चौथो स्थानमा माओवादी केन्द्र रहेको छ उसले ४ लाख ५८ हजार ५७० मत पाएको छ ।

पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६४ हजार ८९७ मत पाएको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादीले ७३ हजार ८६१ मत पाएको छ ।

समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत कटाउने दल मात्र राष्ट्रिय पार्टी बन्ने छन् ।


क्लिकमान्डु