लालबाबुसँगको मतान्तर बढाउँदै शेखर कोइराला



मोरङ । मोरङ क्षेत्र नम्बर ६ मा शेखर कोइरालाले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको जारी मतगणनामा मोरङ ६ मा अहिलेसम्म ६१२५१ मत गनिएको छ । जसमध्ये बदर मत संख्या ३,५६४ रहेको छ ।

जसमा कांग्रेस उम्मेदवार शेखर कोइरालाले २४,१८९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबावु पण्डितले १६,८९४ मत पाएका छन् ।

त्यस्तै राप्रपा उम्मेदवार गोपा कटुवाले ७,१०६ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७,०५८ मत पाएका छन् ।


क्लिकमान्डु