पूर्व अर्थमन्त्री र योजना आयोगका पूर्व उपाध्यक्षलाई हराउँदै रास्वपाका हरि ढकाल विजयी



काठमाडौं । चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ढकालले सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पछि पार्दै निर्वाचित भएका हुन ।

ढकालले ३४ हजार १८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाएका छन् भने काँग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन । उनले उम्मेदवारी दिने भएपछि आयोजबाट राजीनामा दिएका छन् । यस्तै पाण्डे पूर्व अर्थमन्त्री हुन् । ढकाल सेयर लगानीकर्ता हुन् ।


क्लिकमान्डु