माओवादीले प्रतिनिधि सभामा कहाँ कहाँ जित्यो (सूची)



काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

बिहीबार अपराह्न ४ बजेसम्मको मतगणना अनुसार अहिलेसम्म १६५ मध्ये ८३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले ९ स्थानमा जित निकालेको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेको माओवादीले यसपटक कमजोर नतिजा निकालेको छ ।

मतगणना जारी रहेको मध्ये माओवादीले ८ स्थानमा अग्रता बनाएको छ ।

यी हुन् अहिलेसम्म माओवादी केन्द्रले जितेको निर्वाचन क्षेत्र

गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’
रुकुम पूर्व-१ : पूर्णबहादुर घर्ति मगर
सिन्धुपाल्चोक-१: माधव सापकोटा
बागलुङ-२: देवेन्द्र पौडेल
सिन्धुली-२: लेखनाथ दाहाल
खोटाङ-१: रामकुमार राई
रोल्पा-१: वर्षमान पुन
दाङ-२: रेखा शर्मा
जाजरकोट-१: शक्तिबहादुर बस्नेत


क्लिकमान्डु