यी हुन् कांग्रेसले अहिलेसम्म जितेका निर्वाचन क्षेत्र (सूचीसहित)



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । १६५ निर्वाचन क्षेत्रमध्ये बिहीबार अपराह्न साढे ३ बजेसम्म ८२ स्थानको नतिजा सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार सत्ता गठबन्धन दल नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । उसले अहिलेसम्म ३१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित निकालेको छ । मतगणना जारी रहेको मध्ये २४ स्थानमा कांग्रेसले अग्रता बनाइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले १८ ठाउँमा जित निकाल्दै २८ ठाउँमा अग्रता बनएको छ । माओवादी केन्द्रले ९ स्थानमा जित निकाल्दै ८ स्थानमा अग्रता बनाएको छ ।

एकीकृत समाजवादीले ७ ठाउँमा जित्दै ३ स्थान तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा जित्दै २ स्थानमा अग्रता बनाएको छ ।

राप्रपाले ३ स्थानमा जित्दै ३ स्थानमा अग्रता बनाएको छ । लोसपाले २ स्थानमा जित्दा जसपा र नाउपाले १/१ स्थानमा जितेको छ । अन्य दलले ४ स्थानमा जित निकालेका छन् ।

यी हुन् अहिलेसम्म कांग्रेसले जितेका निर्वाचन क्षेत्र

डडेलधुरा: शेरबहादुर देउवा
काठमाडौं–१: प्रकाशमान सिंह
काठमाडौं–३: सन्तोष चालिसे
काठमाडौं–४: गगनकुमार थापा
काठमाडौं–५: प्रदिप पौडेल
काठमाडौं–१०: राजेन्द्रकुमार केसी
भक्तपुर–२ : दुर्लभ थापा क्षेत्री
ललितपुर–१: उदयशम्शेर ज.ब.राणा
नवलपुर–१: शशांक कोइराला
झापा–१: विश्वप्रकाश शर्मा
तनहुँ–१: रामचन्द्र पौडेल
दार्चुला–१: दिलेन्द्रप्रसाद बडू
मुस्ताङ–१: योगेश गौचन थकाली
कैलाली–४: विरबहादुर बलायर
म्याग्दी–१: खमबहादुर गर्बुजा
सिन्धुली–१: श्यामकुमार घिमिरे
रसुवा–१: मोहन आचार्य
कञ्चनपुर–२: एनपी साउद
कञ्चनपुर–३: रमेश लेखक
बाँके–३: किशोर सिह राठोर
धादिङ–२: रामनाथ अधिकारी
रौतहट–४: देवप्रसाद तिमलसेना
गोरखा–१: राजेन्द्र बजगाई
ओखलढुङ्गा: रामहरि खतिवडा
मनाङ: टेकबहादुर गुरुङ
दैलेख–२: दिक्पालकुमार शाहि
सुर्खेत–२: हृदयराम थानी
तनहुँ–२: शंकर भण्डारी
पर्सा–२: अजयकुमार चौरासिया
अछाम–२: पुष्पबहादुर शाह
पर्सा–४: रमेश रिजाल


क्लिकमान्डु