धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित



धनकुटा । धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

राईले नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरे । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत पाए ।

नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत पाए ।

०७४ मा पनि यो क्षेत्रमा राईले थापालाई पराजित गरेका थिए ।


क्लिकमान्डु