एमालेका विशाल भट्टराईलाई पराजित गर्दै खोटाङमा माओवादीका रामकुमार राई निर्वाचित



खोटाङ । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राईले संसदको बाटो तय गरेका हुन् ।

राईले ३१ हजार ३ सय ५१ मत ल्याउँदा एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरे । २०७४ सालको प्रतिनिधिसभा जितेका भट्टराई एमाले संसदीय दलका प्रमुख सचेतक थिए ।


क्लिकमान्डु