मधेश प्रदेशः मधेशवादी दल कमजोर, ७ क्षेत्रको नतिजा सार्वजनिक, २९ क्षेत्रमा कसको अवस्था कस्तो ?
काठमाडौं । मधेश प्रदेशका ३६ निर्वाचन क्षेत्रहरुमध्ये ७ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ भने २९ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ ।
मतगणना सकिएका क्षेत्रहरुमध्ये सर्लाही–१, सप्तरी–१, रौतहट–१ र पर्साका चारैवटा निर्वाचन क्षेत्रहरु रहेका छन् ।
सप्तरी–२ मा जनमत पार्टीका सिके राउत निर्वाचित भएका छन् । त्यस्तै, सर्लाही–१ मा लोसपाका रामप्रसाद चौधरी निर्वाचित भएका छन् । रौतहट–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
मतगणना सकिएको पर्साका चारै निर्वाचन क्षेत्रहरुमध्ये पर्सा–१ मा जसपाका प्रदीप यादव, पर्सा–२ मा कांग्रेसका अजयकुमार चौरसिया, पर्सा–३ मा एमालेका राजकुमार गुप्ता र पर्सा–४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् ।
मधेश प्रदेशमा कुन जिल्लामा कस्तो छ मतगणनाको अवस्था ?
सप्तरी
प्रदेश नम्बर २ को सप्तरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् । त्यसमध्ये सप्तरी–१ मा नवलकिशोर साह सुडी १७ हजार ८३४ मतसहित अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका जयकान्त राउत १४ हजार ८८७ मत प्राप्त गरेका छन् ।
सप्तरी–२ बाट जनमत पार्टीका चन्दकान्त (सिके) राउत विजयी भएका छन् । उनी ३५ हजार ४२ मतसहित जित निकालेका छन् ।
सप्तरी–३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव १९ हजार ३०६ मतसहित अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी ताराकान्त चौधरी १६ हजार ७३२ मत प्राप्त गरेका छन् ।
साथै, सप्तरी–४ मा नेपाली कांग्रेसका ६ हजार ६९२ मतसहित अग्र स्थानमा छन् भने उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका बालकिशोर यादव ५ हजार १५ मत प्राप्त गरेका छन् ।
सिराहा
त्यस्तै, सिरहा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् । सिरहा–१ मा नेकपा एमालेका रामशंकर यादव २६ हजार ८७२ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरी २३ हजार ६६३ मत प्राप्त गरेका छन् ।
सिरहा–२ मा जनता समाजवादी पार्टीका राजकिशोर यादव ९ हजार १०५ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका विोदकुमार यादव ८ हजार ८ मत प्राप्त गरेका छन् ।
सिरहा–३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ १२ हजार ७० मतसहित अग्रस्थानमा छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले १० हजार १५२ मत प्राप्त गरेका छन् ।
सिरहा–४ मा जसपाका वीरेन्द्रप्रसाद महतोले १२ हजार १४४ मतसहित अग्र स्थानमा छन् । प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह ७ हजार २९७ मतसतिह दोस्रो स्थानमा छन् ।
धनुषा
धनुषमा जिल्लामा पनि ४ वटा निर्वाचन क्षेत्र छन् । त्यसमा निर्वाचन क्षेत्र १ मा जसपाका दीपक कार्की ७ हजार ७१५ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेकपाका माओवादी केन्द्रका मातृकाप्रसाद यादवले ५ हजार ३१३ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव ११ हजार ३१० मतसहित अग्र स्थानमा छन् । प्रतिस्पर्धी नेकपा एमालेका उमाशंकर अरगरिया ११ हजार २२ मतसहित पछ्याइरहेका छन् ।
निर्माचन क्षेत्र ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले २१ हजार ७०९ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी लोसपाका अनिलकुमार झाले १५ हजार ८१२ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव ७ हजार २२६ मतसहित अग्र स्थानमा छन् । प्रतिस्पर्धी नेकपा एमालेका रघुवीर महासेठले ६ हजार ९७२ मत प्राप्त गरेका छन् ।
महोत्तरी
महोत्तरी जिल्लामा पनि ४ वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइली ९ हजार ४७३ मतसहित अग्र स्थानमा छन् । प्रतिस्पर्धी नेकपाका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले ७ हजार ९८९ मतसहित कोइलीलाई पछ्याइरहेका छन् ।
निवार्चन क्षेत्र २ मा लोसपाका शरतसिंह भण्डारी ८ हजार ३०७ मतसहित अग्र स्थानमा छन् । दोस्रो स्थानमा नेकपा एमालेका रामपरीक्षण यादवले ४ हजार २१५ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र ३ मा लोसपाकै महन्थ ठाकुर ७ हजार ४७२ मतसहित अगाडि छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रामआधार कापरले ७ हजार ३६ मत प्राप्त गरेका छन् ।
साथै, निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय १० हजार २५१ मतसहित अग्र स्थानमा छन् । प्रतिस्पर्धी जसपाका सुरेन्द्रकुमार यादव ६ हजार ४४१ मतसहित दोस्रो स्थानमा छन् ।
सर्लाही
सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रहरुमध्ये एक निर्वाचन क्षेत्रको गणना सकिएको छ । मतगणना सकिएको सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित भएका छन् । उनले २४ हजार ३ मतसहित जित निकालेका हुन् ।
त्यस्तै, सर्लाही जिल्लामा मतगणना सकिन बाँकी रहेका तीन निर्वाचन क्षेत्रहरुमध्ये एकमा एमाले, एकमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
जसमध्ये सर्लाही–२ मा गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका महिन्द्र राय यादवले ७ हजार १११ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धिका रुपमा रहेका लोसपाका राजेन्द्र महतोले हालसम्म ६ हजार ६६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सर्लाही–३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती २० हजार १८८ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धिका रुपमा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले १६ हजार ६१५ मत प्राप्त गरेका छन् ।
सर्लाही–४ मा भने स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहको अग्रता छ । उनले ९ हजार ७७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धिका रुपमा रहेका कांग्रेसका नागेन्द्र कुमारले ९ हजार २९ मत प्राप्त गरेका छन् ।
रौतहट
रौतहटका चार निर्वाचन क्षेत्रहरुमध्ये रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले ३३ हजार ५२२ मतसहित जित निकालेका छन् ।
रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साहले २० हजार २४४ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा कांग्रेसका मो. फिरदोस आलम १७ हजार ४०२ मतसहित दोस्रो स्थानमा छन् ।
रौतहट–३ मा गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेदवार प्रभु शाह १८ हजार ८८ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश १४ हजार २७५ मतसहित दोस्रो स्थानमा छन् ।
रौतहट–४ कांग्रेस उम्मेदवार ३० हजार ८४५ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धिका रुपमा रहेका एमालेका उध्दवप्रसाद रेग्मी २४ हजार ८५३ मतसहित दोस्रो स्थानमा छन् ।
बारा
बारा–१ मा एमालेका अच्युतप्रसाद मैनाली २६ हजार १९९ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा कांग्रेसका उमाकान्त चौधरी २० हजार ५११ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, बारा–२ मा जसपाका रामसहायप्रसाद यादव ८ हजार ३६५ मतसहित अग्रस्थानमा छन् भने सो क्षेत्रमा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा ८ हजार ३३२ मतसहित दोस्रो स्थानमा छन् ।
बारा–३ मा एमालेका ज्वालाकुमारी साह १४ हजार ४० मतसहित अग्रस्थानमा छिन् । सो क्षेत्रमा जसपाका रामबाबुकुमार यादव १३ हजार ४८ मतसहित दोस्रो स्थानमा देखिएका छन् ।
मतगणना सकिएको बारा–४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । उनी २० हजार २९७ मतसहित निर्वाचित भएका हुन् ।
पर्सा
पर्सा–१ मा जसपाका प्रदीप यादव २२ हजार ५३७ मतसहित निर्वाचित भएका छन् । त्यस्तै, पर्सा–२ मा कांग्रेसका अजयकुमार चौरसिया २८ हजार ४५१ मतसहित निर्वाचित भएका छन् । पर्सा–३ मा एमालेका राजकुमार गुप्ता २४ हजार २६० मतसहित र पर्सा–४ मा कांग्रेसका रमेश रिजाल ३१ हजार १४२ मतसहित निर्वाचित भएका छन् ।