नवलपरासी पश्चिम १: लगातार मतान्तर बढाउँदै बिनोद चौधरी, घण्टी तेस्रो



नवलपरासी । नेपाली कांग्रेसका उम्मेद्वार बिनोद चौधरीले लगातार मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो परिणाम अनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई ५ हजार ३ सय ११ मतले पछि पारेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार चौधरीले २२ हजार २ सय ८ मत ल्याएका छन् भने एमालेको समर्थन पाएका त्रिपाठीले १६ हजार ८ सय ९७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का महेन्द्र सेन ठकुरीले १२ हजार २ सय ७८ मत ल्याएका छन् ।


क्लिकमान्डु