कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट निर्वाचित



कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दैै प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत र्पाएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेकी छिन् । जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु