गठबन्धनका देउवा र प्रचण्डको जित: दुबैको मतान्तर उस्तै



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका दुई शीर्ष नेता करिब १३ हजार मतान्तरसहित विजयी भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करिब १३ हजार मतान्तरसहित विजयी भएका हुन् ।

देउवा डडेलधुराबाट २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, गठबन्धनबाट उम्मेदवार बनेका माओवादी अध्यक्ष प्रचण्ड १३ हजार ४६६ मतान्तरसहित विजयी भएका छन् । उनले २६ हजार १०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याएर पराजित भएका छन् ।


क्लिकमान्डु