तेह्रथुममा कांग्रेसकी सीता गुरुङ्गले एमालेका बिजय शुब्बालाई पछि पारिन्



तेह्रथुम । नेपाली कांग्रेसकी उम्मेद्वार सीता गुरुङ्गले एमालेका उम्मेद्वार बिजय सुब्बालाई ८०५ मतले पछि पारेकी छन् । जिल्लाका ५ वटा पालिकामध्ये २ वटा (छथर र लालिगुरासँ)को मत गन्दा गुरुङ्गले सुब्बालाई पछि पारेकी हुन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार गुरुङ्गले ६९९२ मत ल्याएकी छन् भने सुब्बाले ६१८७ मत ल्याएका छन् ।

अहिले सदरमुकाम म्याङ्गलुङ्ग नगरपालिकामा मगतणना भइरहेको छ । यो क्षेत्रमा सुब्बाले लिड गर्ने अनुमान छ । किनभने कांग्रेसका पूर्वसांसद् तुलसी सुब्बाले एमालेका बिजय सुब्बालाई खुलेरै सहयो गरेका कारण २ हजार मत प्रभावित भएको अनुमान छ ।

फेदाप र आठराई गाउँपालिकामा भने गुरुङ्गले लिड गर्ने बताइएको छ । जसकारण अहिले नै कसले चुनाव जित्ने भन्ने निश्चित भइसकेको छ ।


क्लिकमान्डु