सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित



काठमाडौं । सल्यान–१ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७ सय मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धीका रुपमा देखिएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रहेका राजेन्द्रवीर राय तेस्रो बनेका छन् । उनले १३ हजार २९ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु