समानुपातिकमा एमालेले ५ लाख भोट कटाउँदा माधव नेपालको समाजवादीको ३४ हजार, तेस्रोमा घण्टी



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रदेशको प्रत्यक्षसँग सँगै समानुपातिक मत गणना भइरहेको छ ।

बिहीबार मध्याह्न बजेसम्म निर्वाचन आयोगले गरेको अपडेट अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले ५ लाख ४० हजार २४७ मत पाउँदा नेपाली कांग्रेसले ‍‍५ लाख ३ हजार ६२२ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । उसले २ लाख ७८ हजार ८९० मत पाएको छ । माओवादी केन्द्रले २ लाख ४८ हजार २९० मत पाएको छ भने राप्रपा नेपालले १ लाख ४२ हजार ११७ मत पाएको छ ।

पाँच दल बाहेकका अन्य दलले १ लाख मत कटाउन सकेका छैनन् । जनता समाजवादी पार्टीले ६१ हजार ५१६, मजदुर किसान पार्टीले ५० हजार ३५९, जनमत पार्टीले ३४६२३, नागरिक उन्मुक्ति पार्टी ३४२७० र नेकपा एकीकृत समाजवादीले ३४०३६ मत पाएको छ ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गर्न कुनै पनि दलले प्रतनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्राप्त गरी समानुपातिकतिर कुल सदर मतको ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ ।

कुनै पनि दलले प्रत्यक्षमा जितेर समानुपातिक मत पुर्‍याउन नसकेको खण्डमा ति दलका सांसदको हैसियत स्वतन्त्र रहन्छ ।


क्लिकमान्डु