गुल्मी १: एमाले उम्मेदवार प्रदीप ज्ञवालीलाई पछि पार्दै कांग्रेसका चन्द्र भण्डारीको अग्रता



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

गुल्मी क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली पछि परेका छन् । उनलाई कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले पछि पारेका हुन् ।

भण्डारीले १३ हजार ३०२ मत पाउँदा ज्ञवाली १२ हजार ४९० मत ल्याएका छन् । उनीहरूबीच ८१२ मतान्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले २३६ मत ल्याएका छन् ।


क्लिकमान्डु