जुम्लाबाट भारी मतान्तरसहित राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित



काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) निर्वाचित भएका छन् । राप्रपाका तर्फबाट उम्मेदवार रहेका उनी सो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

उनले २२ हजार ८१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत प्राप्त गरेकी छिन् ।

सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा देखिएका छन् । उनले कुल ६ हजार ५२८ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु