सिन्धुपाल्चोक-१ मा माओवादीका सापकोटा निर्वाचित



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएका छन् । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरेका हुन् ।

क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ ।


क्लिकमान्डु