तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल विजयी



तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।


क्लिकमान्डु