सीजी ब्राण्डको फुटबल’वर्ल्डकप’लक्षित क्यासब्याक योजना बजारमा



काठमाडौं । सीजी ब्राण्डले जारी विश्वकप फुटबलको उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ ।

विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५०,९०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।

यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फूटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

नेपालको आफ्नै ब्राण्ड सीजीले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टिभी” बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नेछन् ।

उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सीजीसँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ ५०,९०० रुपैयाँ सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुनेछ ।

यस सिजी ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् ।


क्लिकमान्डु