बागलुङ-१ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी
बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् ।
सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेसम्म हालसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ ।
जसमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । हालसम्म एक हजार ३४ मत बदर भएको छ ।