झलनाथ खनाल पछि परेको इलाममा गठबन्धनद्वारा मतगणना बहिष्कार



काठमाडौं । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गठबन्धन दलहरुले बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

मतगणनामा खटिएका कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलले बिरोध जनाउँदा मतगणना प्रभावित भएको हो ।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । मतगणना सुरु गर्ने बारे केही बेरमा सर्वदलीय बैठकको तयारी भइरहेको छ ।

जारी मतगणनामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एव‌ं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछि परेका थिए ।

उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २ सय ८७ मत पाउँदा खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु