चितवनका तीन क्षेत्रः दुईमा घण्टीको फराकिलो अग्रता, एउटामा राप्रपा



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अहिले मतगणनामा भइरहेको छ । सर्वाधिक चासोमा रहेको चितवनका तीन क्षेत्रमामा गणना जारी रहेको छ ।

तीनमध्ये दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न)ले अग्रता लिएको छ । चितवनको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको हो ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा भने राप्रपाले अग्रता लिएको छ ।

चितवनको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल पहिलो स्थानमा छन् । हालसम्म भएको मतगणनामा उनले १४ हजार २९९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका विश्वनाथ पौडेल १० हजार ६२९ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे १० हजार ३८४ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै, चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सो क्षेत्रमा उम्मेदवार रहेका रवि लामिछाने अग्रस्थानमा छन् ।

सुरुवाती गणनाका दुई दिन पछि परेका लामिछानेले हिजोबाट अग्रता बनाउन सुरु गरेका थिए । उक्त क्षेत्रमा लामिछानेले हालसम्म १५ हजार ४६७ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोख्रेल ७ हजार ९४२ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७ हजार ५८२ मतसहित तेस्रो स्थानमा छन् ।

चितवन–३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राप्रपा उम्मेदवार विक्रम पाण्डेले ११७०३ मत पाउँदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीता बराल रहेकी छन् उनले ६९२७ मत पाएकी छन् ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । गठबन्धनको साथ पाएका माओवादीका भोजराज अधिकारीले ७०५५ मत पाएका छन् ।


क्लिकमान्डु