ताप्लेजङमा योगेश भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार बुढाक्षेत्री



काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका नेकपा एमालेका योागेश भट्टराईभन्दा धेरै मत पाउँदै गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् ।

आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात मतपत्र संकलनमा ढिलाई भएका कारण मंगलबार साँझ मात्रै मतगणना सुरु भएको ताप्लेजुङमा बुढाक्षेत्रीले अग्रता लिएका हुन् ।

हालसम्म गणना भएको मतमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बुढाक्षेत्रीले १ हजार ७८० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका भट्टराईले भने हालसम्म १ हजार २८० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार चन्द्र मादेन तेस्रो स्थानमा देखिएका छन् । उनले हालसम्म भएको मतगणनामा ७९ मत प्राप्त गरेका छन् ।

हाल देशैभरका विभिन्न स्थानमा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको छ ।


क्लिकमान्डु