हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा



काठमाडौं । सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । हिमालयन बैंकसँग मर्जरका क्रममा रहेर कारोबार बन्द भएको बैंकको मंगलबारदेखि कारोबार फुकुवा भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका–२०७९ को दफा १३ (१) बमोजिम गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको बैंकको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको कारोबार मंगलबारदेखि फुकुवा भएको छ ।


क्लिकमान्डु