कैलाली- ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी



कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरे ।

सो क्षेत्रमा ६३ हजार सात सय ४० मत खसेकामा ५९ हजार सात सय १९ मत सदर भएको छ ।

प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको छ । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।


क्लिकमान्डु