नवलपरासी पश्चिम १ मा घण्टीको अग्रता, विनोद चौधरीले घटाए मतान्तर
काठमाडौं । नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ४ हजार ६८९ मत पाउँदा कांग्रेस उम्मेदवार चौधरीले ४ हजार ५६० मत पाएका छन् ।
त्यस्तै जनता प्रगतिशिल पार्टीका सभापति हृदयेश त्रिपाठीले ३ हजार ४०३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।