कहिलेसम्मका लगानीकर्ताले पाँउछन् सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश ?



काठमाडौं । सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश घोषणा गरेको सानिमा बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

मंसिर २ गते बसेको बैैंकको सञ्चालक समितिको बैठकले १८ औं बार्षिक साधारणसभाका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बैंकले पुस ३ गतेका लागि १८ औं बार्षिक साधाणसभा बोलाएको छ । ३ गतेको सभाका लागि १८ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

१८ गतेसम्म कायम रहेको सेयरधनीले सभामा माग लिन पाउनेछन् । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु